लगातार तीन दिन घटेको बजार साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार भने बढेको छ।
बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेको छ।
यस दिन नेप्से ०.२३ प्रतिशतले बढेर २०५५.५३ बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७६ वटा धितोपत्रको ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार चार वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
यस दिन तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सिटीजन्स म्युचुअल फण्ड–१ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८.४१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५१ पैसामा झरेको छ।
यस्तै, इङ्वा हाइड्रोपावरको सेयर मूल्य ७.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१४ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१३ रुपैयाँ ३० पैसामा २९ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.०७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३५० रुपैयाँमा १५ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।
यसदिन, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशतले बढेको छ।
यस्तै, जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६० प्रतिशतले घटेको छ।