ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेसनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ।
भिसा इन्टरनेसनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रूपमा सम्मानित गरेको हो।
बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरूको विस्तारको कदरस्वरुप उक्त अवार्डहरू प्राप्त गरेको हो।
आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले 'बैंक अफ द इयर २०१४', 'बेष्ट इन्टरनेट बैंक २०१६', तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार 'बेष्ट बैंक नेपाल' को उपाधि प्राप्त गरिसकेको छ।
यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक इएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।
बैंकले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।