नेशनल लाइफ इन्स्योरेन्सले शनिबार झापामा प्रि एमडिआरटी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ।
'रन फर इन्कम चेञ्ज योर एमडिआरटी' भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूसँग आवद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
सो कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि एवम् प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
सो अवसरमा उपस्थित करिब सात सय जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरूको अथक परिश्रम र मेहेनतका कारण नै कम्पनी सधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन आग्रह गरे।
यस्तै उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धता अनुसार यो कार्यक्रम काठमाडौं, नेपालगञ्ज, धनगढी, पोखरामा सम्पन्न गरिसकेको र यसैको निरन्तरता अनुसार दमकमा पनि गरिएको जानकारी गराए।
कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले सञ्चालन गरेको सो समारोहमा समयभन्दा अगावै एमडिआरटीको लक्ष्य पूरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका हुन्।