सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेको छ।
यस दिन नेप्से ०.५५ प्रतिशतले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ।
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा सीमित भएकाे छ।
यस दिन २७९ वटा धितोपत्रको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार चार वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।
यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ भने सिभिल लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सुपर मादी हाइड्रोपावर रहेको छ। कम्पनीको सेयरमूल्य ६.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४० रुपैयाँमा सीमित भएको छ।
यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ६.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९६ रुपैयाँ ९० पैसामा झरेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६२२ रुपैयाँमा ४२ करोड ५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१९ रुपैयाँ ९० पैसामा २७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।
यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशतले बढेको छ।
यस्तै, वित्त समूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ।