मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४९ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ पैसा बढेको हो।
यस्तै, मंगलबार क्यानेडियन डलरको भाउ पनि बढेको छ। आज क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९४ पैसा तोकिएको छ।
क्यानेडियन डलर अघिल्लो दिनको तुलनामा १५ पैसा बढेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८२ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ५० पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ०२ पैसा र बिक्रीमा २८ रुपैयाँ १५ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ०९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९७ पैसा तोकिएको छ।