बुधबार नेप्सेमा करेक्सन आएको छ।
लगातार चार दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ।
यस दिन नेप्से १.६२ प्रतिशतले घटेर २१५०.९९ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ।
यस दिन २८० वटा धितोपत्रको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार तीन वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।
आज हिमालयन लाइफ इन्स्योरेन्स र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ५५७ रुपैयाँ ९० पैसा र १ हजार २८५ रुपैयाँ पुगेको छ।
यस्तै, सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२० रुपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा इङ्वा हाइड्रोपावर रहेको छ। कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९४ रुपैयाँमा सीमित भएको छ।
यस्तै, खप्टड लघुवित्तको सेयर मूल्य ६.१५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०० रुपैयाँमा झरेको छ।
बुधबार हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५५७ रुपैयाँ ९० पैसामा ८३ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रुपैयाँमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक २.४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ।