बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा कायमथियो। यो मूल्य अघिल्लो दिनको ५ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ५० पैसा र बिक्रीमा १४४ रुपैयाँ १६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ०४ पैसा र बिक्रीमा २८ रुपैयाँ १७ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ०८ पैसा तोकिएको छ।