आक्रमण, अवरोध र भ्रम सृजना गर्ने काम नरोकिए बैंक तथा वित्तीय संस्थाले सेवा पूर्ण रुपमा बन्द गर्ने अवस्था आउने भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले ध्यानाकर्षण गराएको छ।
बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने, कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता क्रियाकलापहरू देशका विभिन्न स्थानहरूमा निरन्तर भइरहेको भन्दै सिबिफिनले ध्यानाकर्षण गराएको हो।
सिबिफिनले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ।