सरकारको लागि सोमबार राष्ट्र बैंकले २९ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ।
यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने पाँच अर्ब नयाँ ऋणपत्र उठाइने छ।
आठ अर्ब रूपैयाँको २८ दिने, सात अर्ब ७५ करोडको ९१ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५० हजारको तीन सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो।
नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ।
यसअघि असार ११ मा २४ अर्ब रूपैयाँको ऋणपत्र बोलकबोल गरिएको थियो।
जसमा औसत ब्याजदर ५.६१ देखि ७.१९ प्रतिशतसम्म कायम भएको छ।
केही महिना अघिसम्म यस्ता ऋणपत्रको ब्याजदर दोहोरो अंक नाघेको थियो।