बैंकिङ प्रणालीमा अधिक तरलता (पुँजी) भएपछि राष्ट्र बैंकले २० अर्ब रूपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले मंगलबार रिभर्स रिपो जारी गर्दै २० अर्ब रूपैयाँ खिच्न लागेको हो। यसपटक १० दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको हो।
यसअघिसम्म बैंकले सात दिने अवधिको रिभर्स रिपो जारी गरिरहेको थियो।
यस सहित राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चार पटकसम्म रिभर्स रिपो जारी गरेको हो। यो सहित असार यता मात्रै तीन पटकसम्म रिभर्स रिपो जारी गरेको छ।
यसअघि माघमा रिभर्स रिपो जारी भएको थियो।
बैंक तथा वित्तीय संस्थाहरूले यसमा न्यूनतम १० करोडदेखि अधिकतम पाँच करोडले भाग जाने जति पनि रकमसम्मको लागि आवेदन गर्न सक्छन्।
हाल बैंकहरूमा ४० अर्ब अधिक तरलता छ भने ३ खर्बभन्दा बढी कर्जा लगानी योग्य पुँजी छ।
बैंक तथा वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तरबैंक ब्याजदर न्यूनतम बिन्दुमा आए पनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ।