नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १५ पैसा र बिक्रीमा २८ रुपैयाँ २८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९० पैसा तोकिएको छ।