एभरेष्ट बैंकले वीरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ।
वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ भवनको मर्मतसम्भार तथा रङरोगन प्रयोजनको लागि बैंकले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएको छ।
विद्यलाय परिसरमा आयोजित एक समारोहकाबीच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।
यसबाट कैदीबन्दीका छोराछोरीहरूलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरूको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय वीरगञ्ज क्षेत्रकै साझा सम्पत्ति भएकाले सबैले यसलाई जोगर्ना गर्नुपर्ने कुरा दिइन्।
बैंकले १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।