घोराही सिमेन्टमा यसअघि आवेदन दिएकाहरूले शुक्रबारदेखि आइतबारसम्म आवेदन सच्याउन सक्ने भएका छन्।
सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले सूचना जारी गर्दै समय तोकेका हुन्।
लगानीकर्ताले आवेदन सच्याउनुअघि बैंकलाई लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन्।
बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ अर्ब ६१ करोड रकमको आवेदन स्वीकृत भएर होल्ड भएको छ।
कम्पनीको सेयर शुक्रबारदेखि पुनः चाँडोमा असार २४ र ढिलोमा असार ३१ गतेसम्म खुला गरिएको छ।
कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो।
कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
