नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ १७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६२ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ४० पैसा र बिक्रीमा १४४ रूपैयाँ ०६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ र बिक्रीमा ८८ रूपैयाँ ४० पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ २० पैसा र बिक्रीदर १६८ रूपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३५१ रूपैयाँ तोकिएको छ।