स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएका थियो।
सोमबार चाँदीको मूल्य भने तोलामा ४५ रूपैयाँले बढेको छ।
आइतबार तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार पाँच सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।