अब बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा एक करोडसम्म पाइने भएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
यसअघि अधिकतम ५० लाख रूपैयाँसम्म मात्रै अधिविकर्ष कर्जा पाइने व्यवस्था थियो।
बैंकले निक्षेपकर्ताको खातामा भएकोभन्दा बढी रकम झिक्न मिल्ने गरेर दिने कर्जा सुविधालाई अधिविकर्ष कर्जा भनिन्छ।
विगतमा विलासिताका बस्तु खरिद गर्न र उपभोग बढाउन यस्तो कर्जाको प्रयोग धेरै भएपछि नियन्त्रण गरिएको थियो।