हिमालयन लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।
लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।