मकर जितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये १३ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।