युनिलिभर नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले प्रतिकित्ता १ हजार ५४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको कात्तिक १३ बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म नेप्सेका कायम सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।
सो लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।