कोका–कोला नेपालले “कोका–कोला क्यापमा कार अफर” ल्याएको छ । कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।
यो अफरमा उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।
बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि कम्पनीले पठाउने छ र त्यसपछि मात्र बम्पर लक्की ड्र हुने छ। उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्नेछ ।
यो योजना भदौ १४ गतेसम्म लागू हुने छ।