ब्रिटिस एयरवेजले आफ्ना अधिकांश उडान रद्द गरेको छ।
तलबको विषयमा पाइलटले सोमबारदेखि ४८ घन्टाका लागि आन्दोलन गर्ने भएपछि सबैजसो उडान रद्द भएका हुन्।
एयरवेजले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कति जना पाइलट काममा आउँदैछन् र कुन जहाज चलाउन सक्षम छन् भन्ने थाहा पाउन मुश्किल छ।’
ब्रिटिस एयरवेजको पाइलट संघले एयरवेजले कमाएको नाफा पाइलटलाई पनि दिनु पर्ने माग गरेका छन्।
एयरवेजले भने तलब अपुग नभएको र आन्दोलित हुनु अप्रिय रहेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।
उडान रद्द भएपछि टिकट लिइसकेका ग्राहकहरूको सबै पैसा फिर्ता गर्ने एयरवेजले जनाएको छ।
ब्रिटिस एयरवेजले संसारका विभिन्न गन्तव्यमा दैनिक ८ सय ५० उडान भर्दै आएको छ। प्रधानमन्त्री बोरिस जोनसोनले छलफलमार्फत् समस्याको समाधान गर्न आग्रह गरेका छन्