लिभोन नेपालको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ याेजनाको विजेता घोषणा गरिएको छ। लक्की ड्रमार्फत कुपन नं ०२०७ बाट नख्खुका सुबोध कुमार यादव नेपाली विजेता बनेका हुन्। उनले यामाहा फसिनो १२५एफआइ बाइक जितेका छन्।
साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट पाएको कम्पनीको भनाइ छ।
डिपार्टमेन्टल स्टोर भाटभटेनीले लिभोनसँग सहकार्य गरेर उत्तः योजना संचालन गरिरहेको छ।
यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु किन्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसर पाउँछन्। यसका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ।
विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गर्छिन्।
यो उपभोक्ता योजना अब १ महिनासम्म जारी रहने कम्पनीले बताएको छ।
लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो। जसअन्तर्गत स्याम्पू र कण्डिसनरलगायत सामग्रीहरु बिक्रीमा छन्।