वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरूलाई सेवा शुल्क बुझाउँदा बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ।
विभागले एक सूचना जारी गर्दै श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन आग्रह गरेको हो।
व्यवसायीलाई समेत नगदमा कारोबार नगर्न आग्रह गरेको छ।
नगद कारोबार गरेमा म्यानपावर कम्पनीलाई कारबाही गर्ने समेत जनाएको छ।
नगदमा कारोबार गर्दा ठगीको जोखिम बढ्ने भएकाले पारदर्शिता र सुरक्षाका लागि बैंकिङ प्रणालीको प्रयोगमा जोड दिइएको उल्लेख छ।
