डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर सार्वजनिक गरेको छि। सूचना प्रविधिको माध्यमबाट सिकाइ विस्तार गर्ने उद्देश्यले यो काम गरिएको कम्पनीले जानकारी दिएको छ।
सेन्टरले आज पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै मोबाइल एप तथा अफलाइन मोडमा पनि हेर्न सकिने यो सेवा शुरु गरेको हो।
डियरवाक ग्रुप अन्तर्गतको उक्त सेन्टर अनलाइन सिकाइका लागि स्थापना भएको संस्था हो। यसले युटुब ट्युटोरियल उत्पादन गर्दै आएको छ।
नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रममा रहेर आधुनिक सिकाइका विधिसहितका भिडियो बनाइएको सेन्टरले जानकारी दिएको छ।
उक्त सेन्टरले हालसम्म ४ देखि १० कक्षासम्मका अनिवार्य विषयका १७०० बढी भिडियो लेक्चर्स बनाइसकेको जानकारी दिएको छ।
आगामी वर्षभित्र १ देखि ३ र ११, १२ कक्षाका विषयको पिन भिडियो बनाउने घोषणा गरेको छ।