अनर नेपालले आफ्नो सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यसहित अनर एक्स–५ सी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
'एक्सट्रिम च्याम्पियन' को पहिचानसहित प्रस्तुत गरिएको यस स्मार्टफोनले किफायती मूल्यमा उत्कृष्ट तस्बिर स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
दैनिक प्रयोगमा उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको अनर एक्स–५ सी ले आकर्षक बनावट, सन्तुलित शक्ति र व्यवहारिक उपयोगितालाई एकसाथ प्रस्तुत गर्दछ।
यो फोनमा समावेश गरिएको ५० मेगापिक्सल क्षमताको मुख्य क्यामराले स्पष्ट, जीवन्त तथा उच्च विवरणयुक्त तस्बिर खिच्छ।
भरपर्दो प्रोसेसर र पर्याप्त भण्डारण क्षमताका कारण यस स्मार्टफोनले एकैसाथ धेरै काम सहज रूपमा गर्न, अनुप्रयोगहरू छिटो सञ्चालन मद्दत गर्छ।
यो फोनमा ५ हजार दुई सय ६० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ।
यसको मूल्य मूल्य १५ हजार ९ सय ९९ तोकिएको छ भने अनर एक्स ५–सी प्लसको मूल्य १७ हजार ९ सय ९९ मा उपलब्ध तोकिएको छ।
उत्कृष्ट कार्यसम्पादन, मजबुत बनावट तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताका लागि यी दुवै मोडेल आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।