अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्।
अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका छन्।
‘नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि जानकारी गराए।
अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने धारण राखे। कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने बताए।
उनले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तु उत्पादनमा जोड दिन सक्ने भनाइ राखे।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुक्त आयोजनामा गरिएको सो सम्मेलनमा ६) वटा भन्दा बढी ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन।