नेपाली संगीत क्षेत्रमा आफ्नो प्रस्तुतिहरु दिदैं आइरहेको ‘दि एलिमेन्टस ब्याण्ड’ले टुबोर्ग ओपन सेसन २ मा आफ्नो लोकप्रिय गीत ‘अल्लारे’को प्रस्तुति दिएको छ।
एकै रातमा लेखिएको अल्लारे गीत सुरुमा सामान्य रेकर्डर प्रयोग गरी रेकर्ड गरिएको थियो ।
टुबोर्ग ओपन सिजन २ मा भने थप जोसिलो र रमाईलो शैलीमा प्रस्तुती गरिएको छ।
दि एलिमेन्टसमा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् ।
टुबोर्ग ओपन सेसनको पहिलो संस्करणमा दि एलिमेन्टसले प्रस्तुती दिएको गीत ‘बिर्सने हौ कि’ले सबै भन्दा धेरै भ्युज र स्ट्रिम संकलन गरेको छ ।
टुबोर्ग ओपन सेसन सिजन २ निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतसँगै सहकार्य गर्ने बताइएको छ।
सिजन २ ले नेपाली संगीतकारहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्ने भएको छ।
सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेतासँगै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्ने सहकार्य गरेका थिए।
जुन युट्युबमा च्यानल आरबिट्ररीमार्पmत अपलोड गरिएको थियो। जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स २ एक युट्युब सिरिज हो। जसमा, विभिन्न प्रसिद्ध कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।