उद्योगी तथा व्यवसायी रुपज्योति पक्राउ प्रकरणमा विभिन्न निजी व्यावसायीहरुले असन्तुष्टि जनाएका छन्।
गत विहीबार रुपज्योतीलाई प्रहरीले पक्राउ गरेपछि उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले विज्ञप्तीमार्फत् सरकारको यस्तो क्रियाकलापले निजी क्षेत्र प्रोत्साहीत नुहने बताएका हुन्।
‘मुलुकको उद्योग व्यवसायको विकाससँगै रोजगारी पनि दिएको निजी क्षेत्रले सरकारलाई राजस्व समेत बुझाउँदै आएको छ।
मुलुकका प्रतिष्ठित उद्योगपतिमाथि विना सोचविचार गरिएको यस्तो व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने आवस्था छ,’ उद्योग वाणिज्य महासंघले निकालेको विज्ञप्तीमा उल्लेख छ।
सरकारले निजी क्षेत्रमाथी आतङ्कवादीको शैलीमा देखाएको रबैयाले स्वदेशी तथा विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्ने व्यावसायीले बताएका छन्।
यस्ता गतिविधी रोक्न व्यवसायीहरुले सरकार तथा सरोकारवाला निकायलाई माग गरेको छन्।
यस्तै, नेपाल चेम्बर अफ कर्मसले पनि उद्योगी रुपज्योति प्रकरणमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारको आलोचना गरेको छ।
उनीहरुले सरकारको यस्तो गतिविधीले देशमा उद्योगको वातावरणमा नै असर पार्ने बताएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतले रुपज्योतिलाई थप पाँच दिन थुनामा राख्ने अनुमती दिएको छ।