जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधि सुदीप सेठले अझै पनि सरकारी कामकाजमा ढिलाइ हुने गरेको भन्दै गुनासो गरेका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा कम्पनी दर्ता गर्नका लागि एक हप्ता लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्की समक्ष बताएकी हुन्।
‘प्रधानमन्त्रीज्यू, केही हप्ताअघि हामीले कम्पनी दर्ता गर्न जाँदा मेरो अनुभव के रह्यो भन्न चाहन्छु। नाम दर्ताको प्रणालीमा मलाई एक हप्ता लागेको थियो। अहिलेको डिजिटल युगमा नाम दर्ता गर्न मिनेट वा धेरै केही घण्टामा हुनुपर्ने कुरा हो। तर त्यसको लागि एक हप्ता कुर्नुपर्ने?,’ उनले प्रश्न गरे।
यसरी एक उद्यमी युवाले बजारलाई अध्ययन गरी नाम दर्ताको प्रक्रियामा जाँदा महिनौं समय बिताउनुपर्दा समृद्धिको बाटो सुस्ताउने पनि उनले बताए।