नेपाल बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई तीन करोड ४६ लाख रकम सहयोग गरेको छ।
नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा हुनेगरी अर्थमन्त्री डा.युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए।
उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा समेत गरे।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदममा बैंकको सधैं साथ रहने बताए।
हालसम्म संघिय सरकारको कोषमा ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई ५ लाखका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी दिए।