नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।
भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोगमा कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइसोलेशन केन्द्र आजदेखि सञ्चालनमा आएको हो।
यो केन्द्रमा सुरुमा २६ बेड हुने र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने महासंघले जानकारी दिएको छ।
कोरोना संक्रमणका कारण आइसोलेशनमा बस्न समस्यामा परेका न्यून आय भएकाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको महासंघले जानकारी दिएको छ।
आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको हो भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी लिएको छ। यो फाउन्डेशनले दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गर्ने छ। यसबाट संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको व्यवस्था हुने छ।
यो केन्द्रमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजा हुने छ।
आइसोलेशनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने त्यसपछिको सबै व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । केही व्य