पाटन दरबार स्क्वायरमा परम्परागत नेवारी धिमे बाजाको तालमा चेतनाका नाराहरू मिसाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि प्रदर्शन भएको छ।
परिवर्तनको लागि सहकार्य नेपाल (क्यान) द्वारा आयोजित कार्यक्रम लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभिया कार्यक्रम पाटनमा समापन गरेको हो।
‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने मूल नारा बोकेका सहभागीहरूले मल्लकालीन वास्तुकलाको पृष्ठभूमिमा र्याली प्रदर्शन गरेका थिए।
दरबार क्षेत्रमा ‘हामी सक्छौं’ नामक सडक नाटक देखाइएको थियो। जसमा प्रविधिको दुरूपयोगबाट हुने हिंसाको पीडालाई देखाइएको थियो।
क्यानकी कार्यक्रम निर्देशक एवं संस्थापक अध्यक्ष इन्द्र घलेले पुर्खाहरूले जसरी अनुपम कलाकृति सिर्जना गरे वर्तमान पुस्ताले न्यायपूर्ण र मर्यादित समाज निर्माण गर्नुपर्नेमा जोड दिइन्।
डिजिटल हिंसाले पारेको मानसिक र सामाजिक असरको रोकथामका लागि सबै एकजुट हुनुपर्ने उनले बताइन्।