एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग 'लोकतन्त्रको सुधार–दलहरूमा सुधार' बहसको भाग–१ हामीले बिहीबार प्रसारण गरिसकेका छौं।
आज भाग–२ प्रसारण गरेका छौं।
लोकतन्त्रको सुधार भनेकै मूल रूपमा राजनीतिक दलहरूको सुधार हो।
धेरै राजनीतिक चिन्तक र राजनीति–शास्त्रीहरूबीच एउटा कुरामा मतैक्य छ। उनीहरू भन्छन् — Democracy lives and dies inside the political parties (अर्थात्, लोकतन्त्र बाँच्ने र जीवन्त रहने वा मर्ने ठाउँ दलभित्रै हो।)
हाम्रा राजनीतिक दलहरू कति लोकतान्त्रिक छन्? उनीहरूका कमजोरी के के हुन्? उनीहरूका कमजोरी कसरी राज्य र लोकतन्त्रको कमजोरी बनेका छन् र उनीहरूको सुधारका एजेन्डा के के हुन्?
दोस्रो जनआन्दोलनपछिका १८ वर्षमा पटक पटक सत्ताको नेतृत्व गरेका तीन प्रमुख राजनीतिक दलका तीन नेताहरूसँग मैले यिनै विषयमा मसिनोसँग बहस गरेको छु।
यो पत्रकार र नेताबीचको अन्तर्वार्ता होइन, बहस शृंखला हो। त्यसैले मैले यो शृंखलामा नेताहरूसँग प्रश्न मात्र सोधेको छैन। हाम्रा दलहरूमा देखिने लोकतान्त्रिक चरित्रको अभाव र त्यसको सुधारबारे प्रशस्त मात्रामा तर्क र तथ्य राखेर दोहोरो बहस गरेको छु।
यो उद्देश्यका साथ कि दलहरूको सुधारबारे मसिनोसँग तर्क र तथ्य बाहिर आऊन् र नेता–कार्यकर्ता तथा आम नागरिक यसबारे सुसूचित बनून्।
पहिलो अंकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको बहस प्रसारण भइसकेको छ।
अब तेस्रो अंकमा नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठसँगको बहस प्रसारण हुनेछ। चौथो अंकमा तीन जना जेनजी युवाहरूसँगको बहस प्रसारण हुनेछ।