नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’
उनकाअनुसार हेलिकप्टरका पाइलट नेपाली नागरिक हुन् भने चार जना यात्रु चिनियाँ नागरिक हुन्।
हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।
हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शवको प्रकृति हेरेर पोस्टमर्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने सेतोपाटीलाई जानकारी दिए।
तस्बिरहरू:
-1723024802.jpg)
-1723024802.jpg)
-1723024802.jpg)
-1723024801.jpg)
सबै तस्बिर: नेपाल प्रहरी।