कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीले १५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मान गरेको हो।
कार्यालयका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनलाई सम्मानपत्र प्रदान गरेका थिए।
सो अवसरमा कम्पनीले दोसल्ला ओढाएर सम्मानसमेत प्राप्त गरेको जनाएको छ।
कम्पनी यसअघि पनि नवौं तथा १३औं राष्ट्रिय कर दिवसमा सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको थियो।