गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि बढ्न सकेको छैन।
विमानस्थल स्तरोन्नतिका लागि २०७७ मै ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण हालसम्म पनि खासै काम हुन सकेको छैन।
विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तर्गत उक्त रकम छुट्याइएको भए पनि हाल विमानस्थलको धावनमार्ग सवारी साधनहरु गुड्न थालेका छन्। वरपरका ठाउँहरू चरनक्षेत्र बनेका छन्।
काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता भए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन।
करिब १८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो।
तस्बिरहरूः








तस्बिरः नेपाल फोटो लाइब्रेरी।