सरकारले वैकल्पिक वित्त विकास कोषको रकमबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाउने भएको हो।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्।
निजगढ विमानस्थल बनाउन ६ अर्ब ५६ करोड अमेरिकी डलर ९८ खर्ब ७७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, सरकारले २५ अर्ब रूपैयाँ चुक्ता पुँजी हुने गरेर वैकल्पिक वित्त विकास कोष बनाउने तयारी यस अघिदेखि नै गरेको थियो। यसमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी बाँकी भने सर्वसाधारण र अन्य संस्थाले लगानी गर्ने पाउने जनाइएको छ।
यो कोषले सोझै आयोजनाहरूमा मात्र लगानी नगरेर आयोजनाहरूको लागि पुँजी जुटाउन सहयोग गर्ने समेत बताइदै आएको छ।