लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ।
लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ।
तीन हजार ८५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ। ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ।
बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्यान्जिन भ्याली अर्थात क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो।
लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले ट्रेल रन आयोजना गरेको हो ।
लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुटै नगद पुरस्कार पाउनेछन्।
जेठ २४ अर्थात आज बिहान संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन गरे। धावकहरु क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर ट्रेल दौडिएर स्याफ्रुबेसी पुग्नेछन।
पहिलोदेखि पाँचौं स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने भएका छन।
लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए।
तस्बिरहरूः
-ink-1749274021.jpeg)
-ink-1749274020.jpeg)
-ink-1749274020.jpeg)
-ink-1749274022.jpeg)
-ink-1749274022.jpeg)
-ink-1749274023.jpeg)
-ink-1749274023.jpeg)
-ink-1749274023.jpeg)
-ink-1749274023.jpeg)
-ink-1749274023.jpeg)
-ink-1749274024.jpeg)
-ink-1749274024.jpeg)
-ink-1749274024.jpeg)
-ink-1749274024.jpeg)
-ink-1749274022.jpeg)
-ink-1749274022.jpeg)
-ink-1749274021.jpeg)
सबै तस्बिरः मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी