गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ।
विशेषगरी काठमाडौं उपत्यकाबासीबीच र्याफ्टिङ चर्चित छ।
उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी र्याफ्टिङको मुख्य गन्तव्य हो।
र्याफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोशी करिब दुई दर्जनको हाराहारीमा छन्।
ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस र्याफ्टिङको लागि आउने गरेको र्याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन्।
उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन्।
यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ।
तस्बिरहरूः














तस्बिर : नेपाल फोटो लाइब्रेरी।