सन् २०२५ को अगस्ट महिनामा ८८ हजार ६८० पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ।
बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३ अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन्।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएका छन्।
सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन्।