तनहुँको ऐतिहासिक पर्यटकीय स्थल बन्दीपुरलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौं’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बन्दीपुरको पर्यटकीय सम्भावना, पूर्वाधार विकास र दिगो पर्यटन रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
साथै, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो।
‘पहाडकी रानी’का रूपमा चिनिने बन्दीपुरलाई देश–विदेशका पर्यटकको आकर्षक गन्तव्य बनाउन सरोकारवाला सबै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बन्दीपुर इन काठमाडौंको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुर नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहर भएको बताए।
बन्दीपुरको परम्परागत बस्ती र ऐतिहासिक स्वरुपलाई जोगाउन सकिए मात्र बन्दीपुरको वास्तविक आकर्षण कायम रहने उनको भनाइ छ।
बन्दीपुर गाउापालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय सरकारको तर्फबाट पुर्वाधार विकासलाई प्राथमिकता दिदै बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउन निरन्तर पहल गरिने बताए।
सडक, खानेपानी, सरसफाइ र पर्यटकमैत्री वातावरण निर्माणका कामलाई तीव्रता दिने उनकाे भनाइ छ।