त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडान मात्रै हाल बन्द छ। अन्तर्राष्ट्रिय उडान भने भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
'दक्षिणतिरको आगमन धुवाँको कारण रोकिएको छ। बाँकी सबै सामान्य छ,' उनले भने।
विमानस्थल नै बन्द गर्नुपर्छ कि भन्नेबारे छलफल समेत भइरहेको प्राधिकरणले जनाएको छ।
यद्यपी आन्तरिक उडान भने वायुसेवा कम्पनीले नै रोकेको प्राधिकरणले जनाएको छ।