नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ।
एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५)देखि काठमाडौं-ग्वाङझाउ-काठमाडौं उडान गर्न लागेको हो। यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ ।
नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले पहिलो पटक यो गन्तव्यमा उडान गर्न लागेको हो।
एयरलाइन्सले असोज ९ र १२ गते 'प्रवर्द्धन उडान' गर्ने र कार्तिकबाट नियमित उडान गर्ने एयरलाइन्सका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए।
उनका अनुसार एयरलाइन्सले आइतबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ।