राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन्। उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहण गरेका छन्।
सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौं दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए। ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए। उनले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरेका छन्।