Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, माघ १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

एक जोडीको कथा

Nmb
Nmb
इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

यस पटक रुसी-युक्रेनी कवियत्री इरिना सामारिनाद्वारा सन् २०१३ मा लिखित 'द्भा आब्सोल्युत्नो राजनिख चेलोभेका' शीर्षकको कवितामा आधारित यो एक जोडीको कथा लिएर आएको छु। कथाले भन्छ जीवन भनेको वास्तवमा विपरीतहरूको संघर्ष र संयोग नै हो। र, हामी सबैलाई थाहै छ जीवन एउटा सम्झौता पनि हो। 
 
 
ओत लागेर एक जोडी 
हेरिरहेको थियो झरी
छमछमी नाचिरहेको 
बगैँचा नै नचाउने गरी
उसले भनी, 'झमझम वर्षा
हृदयको ओखती र मनको शान्ति हो'
उसले भन्यो, 'वर्षा भेल हो, हिलो हो,
र, भावना...भावना केवल भ्रान्ति हो'
 
एकैछिनमा रोकियो झरी 
कालो वादल अन्तै भाग्यो 
प्रकृतिको सुन्दर लीला
झलमल्ल घाम लाग्यो
उसले भनी, 'यो न्यानो, यो उज्यालो
ईश्वरको बरदान हो'
उसले भन्यो, 'भो भो जाऊँ उता छायामा, 
सारै चर्को घाम भो' 
 
पार्कमा धेरै भिड थियो
मान्छेहरू आउँथे जान्थे 
तीव्र थियो जीवनको गति 
प्रकट हुन्थे, झट्टै बिलाउँथे 
उसले भन्यो, 'हतारिएर यसरी 
कहाँ जानु, के पाउनु छ?' 
उसले सोधी, 'के थाहा, तिनलाई
कति काम भ्याउनु छ?'
 
 
एउटा मानिस चौरमा 
लडेको थियो लमतन्न
शंकालु मान्छे हेर्दै जान्थे 
फत्फताउँदै मन्द मन्द 
उसले भन्यो, 'पशुले जस्तो, 
हरे कति सकेको पिउन'
उसले भनी, 'बिरामी पो भयो कि, 
लौ न डाक्टर बोलाऊँ न !'
 
पार्कमा थिए थुप्रै जोडी
सुनिरहेका मुटुको धडकन 
थिएन वास्ता दुनियाँको 
भंग हुँदैथिए सबै बन्धन 
उसले भन्यो, 'पछि गाह्रो हुन्छ, 
भो, मायामा यसरी कोही नपरोस् ' 
उसले भनी, 'कति खुशी छन् , 
ईश्वरले तिनको जीवन प्रेमले भरोस् !'
 
हिँड्दाहिँड्दै रोकिई ऊ 
हेर्दै पसलको झ्यालभित्र 
कुन सौन्दर्यले मुग्ध गरायो
अनभिज्ञ थियो उसको मित्र 
उसले भन्यो, 'वर्षौं नपुछे जस्ता,
छ्या कति फोहोर टेबुलहरू'
अवाक हुँदै उसले सोधी, 'के तिमीले देखेनौ, ती टेबुलमा सजाएका फूलहरू?'
 
र, घरमा...
खुशी र उत्साहले बोलाउँदै
उसले झ्यालतिर देखाई
'ऊ.......उता हेर त'
उसले भन्यो, 
'धेरै भएछ नपुछेको, 
धुलो जमेछ शिशामा'
उसले भनी, 'हत्तेरी, कस्तो मान्छे,
देखेनौ कति ठूलो चन्द्रमा !'
 
एउटाले आधा शताब्दी 
यस्तै असन्तोषमा बितायो
अर्कोले माया गर्यो 
सारा संसार, यो सृष्टि, 
यो उज्यालो
 
दुई प्राणी
बिलकुलै पृथक रूचिका 
धेरै वर्ष भयो
यसरी एउटै घरमा बसेका !!
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १३:४१
सिफारिस
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व
नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व
नाफामा अग्रणी बनेको नबिल बैंकको कस्तो छ सेयर?
नाफामा अग्रणी बनेको नबिल बैंकको कस्तो छ सेयर?
'फेरि भिसा नपाइने चिन्ताले फर्किहाल्न सकेको छैन'
'फेरि भिसा नपाइने चिन्ताले फर्किहाल्न सकेको छैन'
त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको
त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

पहिले मैले रिजेक्ट गरेँ, अहिले पालो तपाईंको!
विवाह पछिको प्रेमले बर्बाद बनायो उसको दाम्पत्य जीवन!
नेताजी… आउनुस् न, फोटो खिचौँ!
सकिँदैछ एउटा युग!
काफ्काई: सत्ता, शक्ति र अस्तित्वको दर्शन!
फर्केर आउनुस्, गाउँ अझै बाँकी छ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP