Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, पुस २४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

सम्बन्ध…

महेन्द्र पौडेल

महेन्द्र पौडेल

कथा
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

ट्वाइलेटको ढोका जोडले लगाई। आफ्ना कपडाहरू मिलाई। ऐनामा हेरी, दुवै ओठको लिपिष्टिकलाई ओठ बिगारेर च्यापी अनि रूमको ढोका बन्द गरेर बाहिर निक्ली। रूमको झ्याल हल्का खुला थियो। मैले उसको आवाज सुने।

‘ट्याक्सी’

उनले मलाई म गएँ भनेर पनि भनिन। मैले धापासी जाने, ढोका खोलेको, बन्द गरेको, ट्याक्सी स्ट्रार्ट गरेको र गुडेको सुनिरहेँ। तर म आफ्नो ठाउँबाट कतै हचलचल नगरी उत्ताने पल्टिएर बेडमा लडिरहेको छु। उठ्न सकिरहेको छैन।

त्यो समय मेरो दिमागमा के चलिरहेको थियो वा म भित्रबाट समस्त चेतना रोकिएका थिए म भन्नै सक्दिनँ। कोठाको भित्र र बाहिर जेजे भइरहेको थियो, म केवल आफ्नो आँखाले उनलाई देखिरहेर पनि नदेखेजस्तो, मेरो कानले सुनेर पनि नसुनेजस्तो। एउटा आश्चर्यको बेहोसीमा थिएँ म।

धेरै समयपछि मेरो यो बेहोसीपन टुटिसकेपछि मैले देखेँ, उनी गइसकिछन्। कोठाभित्र उनको स्वासको गन्धको सुगन्ध आइरहेको थियो। उनको शरीरको सुगन्ध मेरो शरीरबाट निक्लिरहेको थियो।

उनको लिपिष्टिकका निशानीहरू मेरो सेतो भित्री टिसर्टहरूमा दाग बनेर लतपतिएका थिए।

बेडमा उनका लामा लामा केशका रौंहरू दुई चारवटा चुँडिएका रहेछन्। बेडकभर खुम्चिएको थियो। अनुहार होलीको रंगझैं रातो भइरहेको थियो उनको लिपिष्टिकले। मैले अनुहार हेरेँ। ओठहरू भर्भराइरहेको देखेँ। स्वासप्रश्वास अझै बढिरहेको पाएँ। तर उनी त्यहाँ उपस्थिति थिइनन्।

Laxmi bank
Laxmi bank

दिमागले बेस्मारी सोच्न थाल्यो, कसरी उठेर हिँडिन् उनी ? किन गइन्? उनलाई यसरी जानु थियो त यहाँ आउनुको के आवश्यकता थियो ? यस्तै कुराले दिमाग खाइरह्यो।

***

Ncell
Ncell

साँझ उनको फोन आएको बेला म सरप्राइज भएको थिएँ। दस वर्षपछि मेरो कानमा उही पुरानो बोली गुन्जिएको थियो ‘हेल्लो’। कहाँ हुनुहुन्छ? कता हुनुहुन्छ? के गर्दै हुनुहुन्छ?’ आदि इत्यादि।

एकैपटक मैले उनको स्वरलाई चिनिसकेको थिएँ। यो उही आवाज थियो। निशाको आवाज। तर मैले चिनेर पनि नचिनेजस्तै गरी फोनमा भनिदिएँ।

‘को हो?’

‘ए, अब म को हो भएँ?’

अब कुनै सन्देह थिएन। कुनै शंका थिएन, कुनै अविश्वास थिएन।

‘ओ हो, तिमी कहिले आयौं?’

‘ग्रामेटिक्कली रङ। आयौं होइन आइसकेँ। कहाँ छौं भन। उफ अझै पनि स्वभाव उस्तै छ जस्तो दस वर्ष पहिले हुने गर्दथ्यो।’

‘ओ हो अँ ...’ मैले आफूलाई सम्हाल्दै भनेँ।

उनले फोनमा धेरै कुरा नगर्दै सिधै भनि।

‘फोनमा कुरा हुन सक्दैन। म केबल तीन दिनको लागि आएकी हुँ अमेरिकाबाट। भोलि बिहानैको फ्लाइट फर्किनु छ तिमीसँग भेट्न चाहन्छु।’

उनले फोनमा कुरा गर्दागर्दै मैले दिमागमा सोचिसकेको थिएँ भेट त अवश्य नै हुन्छ। हुनैपर्छ। दिमागले उही पुरानै उसको चेहेरा, अंग प्रत्यंगका बारेमा सोचिसकेको थियो। अनेक सोचाइका बीचमा मेरो मस्तिष्कले एउटा आइडिया पनि निकालिसकेको थियो।

‘यसो गरौं, म आठ बजे नै तयार हुन्छु र भनेको गेष्ट हाउसमा पुग्छु। तिमी पनि आऊ। छलफल गरौंला कुनै फाइनल एउटा शेप दिउँला।’

उनको साइलेन्सले मेरो वरिपरि कोही छन् भन्ने छनक पाएजस्तो गरी। वास्तवमा म एक्लै बस्दा प्रमोद खरेलका गीत सानो म्युजिक बनाएर सुनिराहुन्छु र त्यसैलाई गुनगुनाई राख्छु। एक्लो भएपछि त्यस्तो बानीको विकास गरेको छु आफैंसँग।

‘डियर तिमीलाई थाहा छ नि? जावलाखेलबाट भैंसीपाटी जाने बाटोमा रहेको एउटा गेष्टहाउस। हामी कुनै बेला गएका थियौं नि पछिल्लोपटक।’

‘म पुग्नेछु ठीक आठ बजे।’

मैले फोन राख्ने बित्तिकै मेरो आमाले सोध्नु भो, ‘कस्को फोन थियो ?’

‘पोखराबाट रमेश जीको फोन थियो आमा। भोलि बिहानै उनीहरू प्लेनबाट पोखरा फर्कंदै छन्। मैले उनीहरूलाई हाम्रो कम्पनीको ब्रान्च पोखरामा खोल्नको लागि छलफल गर्न बोलाएको थिएँ।

त्यही योजनाको लागि हामीहरू छलफल गर्न मिटिङ फिक्स गरेका छौं।’

‘घरमै आउँछन् र?’ आमाले सोध्नुभयो।

‘नो, गेष्ट हाउसमा। मलाई त्यही जानुपर्नेछ।’

‘अहिले नै।’

‘अँ।’ जुत्ताको तनालाई कस्दै मैले जवाफ फर्काएँ ।

आमा चुप हुनुभो।

म भने ट्याक्सी लिएर गेष्ट हाउसतिर लागें।

साढे सात बजे नै म गेष्ट हाउसमा पुगिसकेको थिएँ । एउटा रूम लिएर त्यो रूमभित्र छिरिसकेको थिएँ। प्रतीक्षा गरिरहेको थिएँ निशाको। प्रत्येक पल बोझ अनुभव भैरहेको थियो।

फेरि भित्री उत्साहले प्रत्येक बोझलाई हल्का महशुस गराइरहेको थियो। मन पुलकित भइरहेको थियो।

सवा आठ बजे उनी आई। ऊ रूमभित्र पस्ने बित्तिकै मैले उनलाई अंगालोमा बेरे। कस्तो मदहोस थियो त्यो आलिंगन। वर्षौंदेखि विछोडिएको दुई शरीरको स्पर्श । तातो रवाफिलो । एउटा छुट्टै उन्माद ।

त्यसपछि हल्का दूरी बढाउँदै ।

मैले सोधें, ‘चिया?’

‘हुन्छ।’

इन्टरकमबाट मैले दुई कप चिया अर्डर गरेँ।

चिया पिउँदै गर्दा हामी दुई कुर्चीका आमनेसामने बसिरह्यौं। मैले हेरिरहेँ उनलाई। उनको शरीरलाई। बढिरहेको उनको आयूलाई। बुढ्यौली छुन लागेको तनहरूलाई। उनको आँखाको तल हल्का कालोपन थियो।

धेरै मेकअपको बाबजुद पनि उनको फेसको छालाको बुढ्यौलीपन रोक्न सकेको थिएन। तर पनि उनि अहिलेपनि उस्तै आकर्षक लागिरहेको थियो मलाई जसरी १५ वर्षअघि हुने गर्दथ्यो।

मनले सोचिरहेको थियो कि चिया लगेर ट्वाइलेटमा फालिदिउँ। मलाई यति हतार भैरहेको थियो कि जसरी सत्र अठार वर्षको उमेरमा हुने गर्दथ्यो।

अनि उनको ओठको सारा रसहरूलाई एकैपटक मिश्री पानी बनाएर पिएजसरी पिइदिउँ। फेरि शिष्टताको आवरणले हामी दुवैलाई ढाकिदिएको थियो कि त्यो हदको एउटा सीमारेखा तय भइरहेको जस्तो शून्यता भइरहेको थियो।

फेरि चिया फ्याँक्न पनि सम्भव थिएन। उनले चिया पिइरहेको ओठहरू हेरिरहेँ र मैले चाँडोचाँडो आफ्नो कप रित्याउनमा व्यस्त रहेँ।

‘कहिले आयौं अमेरिकाबाट?’

‘कहाँ ?’

‘यहाँ’

‘भर्खरै त आएको’

‘यहाँ माने काठमाडौंमा।’

‘हिजो बेलुकी आएकी थिएँ। जेठाजुको देहान्त भएको खबर पुगेपछि आएकी। उहाँ कृया बस्नुभएको छ। म केही सामान लिन निक्लेकी। यही मौकामा हजुरलाई पनि भेटौं भनेर नी।’

‘फेरि भोलि नै फर्कन के कारण छ र?’

‘दुई दिनपछि मेरी छोरीको एडमिसन छ कलेजमा त्यसैले।’

‘यति ठूली भैसकी त्यो?’

‘अँ दिन बित्न केहीबेर लाग्दो रहेनछ। चौध पुगेर १५ लागि यही डिसेम्बरबाट।

चिया पिएर म उठेँ। मैले झ्यालको पर्दा झरालेँ। उनले छड्के नजरले हेरे जस्तो लागिरहेको थियो। तर उनी साइलेन्समै छन्।

झ्यालको पर्दा झरालेपछि म डबल बेडको पलंगमा गएर लम्पसार परेँ। दुइटै हात फैलाएर मैले उनलाई अंगालेमा आउन निमन्त्रणा गरेँ।

उनले आफ्नो ब्याग चियाको टेवलमा राखेर उनी म नजिकै बेडमा आएर बसिन्। मेरो प्रतीक्षाको समय टुटिसकेको थियो। उनलाई खिचेर आफूमाथि पारे। उनको शरीरभरि मेरा हातहरू सलबलाउन थाले।

मेरो दरिलो समाइबाट उनले आफूलाई फुत्काउन चाहिरहिन्। उनको अनुहारको चमक एकाएक फेरियो। विस्मय र आत्तिएजस्तो। कुनै अनिष्टको संकेत उनको अनुहारमा परेको भान परिरह्यो। यस्तो लाग्यो भय र अकस्मात उनको चेहेरामा दौडिरहेको छ। सबैकुरा अप्रत्यासित सायद उनको लागि। सायद उनी यसको लागि तयार थिइनन्।

मन प्लिज, प्लिज। उनी मलाई पहिलेदेखि “मन” भनेर बोलाउँथिन्।

‘म धेरै अनइजी फिल गरिरहेकी छु। एकमिनेटको लागि छोड न प्लिज मलाई।’

शिष्टताको नम्र उनको आवरण तारतार भएर मेरो कानमा फुस्फुसाइरह्यो। प्लिज प्लिजका याचनामय शब्दले मेरो पुरुष मस्तिष्क पानीपानी बन्यो। उनको याचनालाई अवहेलना गर्न चाहिनँ।

अतिजोडसँग चलेको मेरो मुटुको धड्कन र छिटोछिटो फेरिएको स्वास अचानक रोकिएर साधारण गतिमा भित्र बाहिर गर्न थाल्यो। मैले आफ्नो अंगालोबाट उनलाई मुक्त गरिदिएँ। उठिन् उनी।

डबल बेडबाट उठेर कुर्चीमा पनि बसिन् उनी। सोफामा पनि बसिन् उनी। फेरि मेरै आडमा बसी। उनले आफ्ना कपडा मिलाई। कुर्ताका पछाडिका टाकहरू लगाई। कपाललाई हल्का मिलाई। निधारमा वरिपरि फैलिएको कपाललाई हल्का पछाडि लगेर कानको माथिभागमा लगेर अड्याई र भनि

‘के बेहोसीपन हो यो?’

म साइलेन्समै रहेँ।

‘म जतिपटक पोखराबाट काठमाडौं आउँदा। हामी दुवैले हरेक पटक आफ्ना लागि केही न केही समय मिलाएकै हुन्छौं भेट्नका लागि।

यसैगरी कुनै एकान्त ठाउँमा बसेर हामीले कैयौंपलहरू चिया नास्तामा बिताएका छौं। कुराकानी गरेका छौं। आज दस वर्षपछि अमेरिकाबाट आउँदा तिमी पूरै परिवर्तन? यो आज के भयो तिमीलाई ? यस्तो त तिमीले कहिल्यै गरेका थिएनौ मलाई? मैले कल्पना पनि गरेको थिइनँ कि तिमीले मसँग बलात्कारको पनि गर्न सक्छौं भन्ने?’

‘बलात्कार त मैले अहिले पनि गर्न सक्दिनँ निशा।’

फेरि उनले भनिन्, ‘अनि तिम्रो स्वास प्रस्वास यति छिटो छिटो किन भयो? तिम्रो हात तिम्रो दिमागको नियन्त्रणमा नभएको किन? यी सबै के हुन्?’

‘भन्ने छु’, मैले भनें।

उठेर म सोफामा बसे।

‘निशा। यी जुन कुरा म गर्न गइरहेको थिएँ या गर्न चाहन्थें। यो सबै हामीले १५ वर्ष अघिनै गर्न सक्थ्यौं। त्यतिबेला आफूलाई रोक्न गाह्रो थियो तर यी रिलेसन राख्न हामीलाई सजिलो थियो। त्यतिबेला मैले वा हामीले यी रिलेसनहरू किन गरेनौं भने तिम्रो विवाहित जीवन एउटा गल्तीका कारण पीडादायी नहोस् भनेर।

हाम्रो विवाह हुन सक्दैनथ्यो यो कुरा हामी दुवैलाई थाहै थियो र अलग अलग जिन्दगी बिताउने नियतीलाई मानेका थियौं। विवाहपश्चात पनि तिमीले साथित्व कायम राखिरह्यौं।

यो तिम्रो बडप्पन वा आश्चर्यको भावना थियो कि तिमीले विवाहपश्चात पनि मलाई उत्तिकै भाउ दिइरह्यौं। मैले त त्यही दिन नै हात धोएर बसिसकेको थिएँ कि तिमी मेरो जिन्दगीबाट सदा सदाको लागि गयौं भनेर जब तिमीले अशोकसंग विवाह गर्ने निर्णय गर्यौं।’

यति भनिसकेपछि उसले मेरो अनुहारमा हेरी।

‘अशोकको के अधिकार थियो तिमीप्रति ? केवल यत्ति हो कि ऊ तिम्रो बुबाले खोजेको वर थियो होइन? उसले तिमीलाई मैले जस्तै टुटेर चाहेको त होइन नि?

मैले जसरी माया गरेको त होइन नि? मेरो जस्तो पागलपन माया गरेको त थिएन नि? म जसरी तिम्रो दुःख सुखमा साथ दिएको त थिएन नि।

तर पनि उसले तिमीलाई मबाट छुटाएर लैजान सफल भयो। मैले तिम्रो यो शरीरको जो ती दिनहरूमा जवानीले भरिपूर्ण भैरहँदा सुरक्षित राखें। तिमीलाई छोइनँ।

सिर्फ यसकारण जुठो गरिनँ कि पवित्रताको जुन संस्कार तिम्रो रगत रगतमा दौडिरहेको थियो र तिम्रो आर्तनाद विवाहपश्चात आत्मग्लानीको आगोमा नपौडियोस् भनेर छोइनँ।’

ऊ शान्त थिई।

…अनि उसले बोल्दै गई

‘मलाई थाहा छ प्रिय मन। यसकारण सम्मान गर्दछु तिमीलाई। कदर पनि गर्दछु तिम्रो। यसै कारणले त हो नि विवाहपश्चात पनि तिमीसँग भेट्नको लागि यो मन बेचैन हुन्छ।

विवाहपश्चात पनि तिमीले जहाँजहाँ बोलाए पनि निसंकोच म त्यहीँत्यहीँ आइरहेँ। मलाई तिमीबाट कहिल्यै खतरा महशुस थिएन। आज पनि छैन।

तर आज जुन कामुकता तिम्रो अनुहारमा दौडिरहेको छ नि त्यसबाट पनि जति आतंकित हुनुपर्ने हो त्यति छैन तर आश्चर्यमा छु।’

मैले भनें, ‘कामुकता बडो तल्लोस्तरको शब्द हो निशा। यसको अर्को पर्याय पनि छैन। ममा कहिल्यै सेक्स कामुकता थिएन।

जोसँग सम्बन्ध राखिरहेको छु उसैसँग सन्तुष्ट हुने प्रयास गरिरहेको छु। तर हामीले हाम्रा सम्बन्धमा कहीँ न कहीँ रेखा खिच्नु थियो।

अशोकलाई मैले एक दशकभन्दा बढी तिम्रो शरीरको भोग गर्न दिएँ। उसलाई जति दिनु थियो दिइसक्यौ। सन्तान दिइसक्यौ।

उसको घर गृहस्थी बसालिसक्यौ। मैले एक दशकभन्दा बढीदेखि जुन मेरा चाहनाहरूलाई दबाएर राखेको थिएँ तिमीप्रतिको। ती चाहनाहरूलाई दबाए मात्र “मार्न” असमर्थ रहेँ।

तिमी जबजब मेरो नजिक हुन्छौं मलाई आफ्नो पराजयको कमजोरीको महशुस हुन्छ। यसकारण हर भेटमा तिम्रो शरीरलाई छोएर महशुस गर्ने कोशिसमा तिम्रो लागि एकान्त खोजी रहेँ। मेनेज गरिहेरहेँ।

तर यो ग्लानी अब त झन सायद अधिक असह्य हुन्छ होला।’

ऊ बोली

‘कुन चिजको ग्लानी ?’

‘पति अशोकलाई एक दशक बढी समय आफ्नो सबै चिज दिइसकेकी छौ त। मित्र मनलाई उसको अधिकारबाट बञ्चित रहने सजाय एक दशकभन्दा बढी रहिरह्यो नि त। कहीँकतै अन्त्य हुनुपथ्र्यो यो सजाय।’

‘नो मन, नो । तिम्रो जुन रूपको म कल्पना पनि गरेको थिइनँ। यो रूप देखेर म कति टुटुँला। म कति भत्किउँला। मेरो मन कति छियाछिया होला तिमीले कल्पना पनि गर्न सक्दैनौ। मेरो अब पलपल कति आँसु झर्ला यो घटनाले तिमीले अनुमान त गर।’

मैले फेरि निशालाई बेडमा पल्टाएँ। मेरो शरीरमा एक किसिमको कामुकता र गर्मी आइरह्यो। मुटुको धड्कन खुब जोडले चल्न थाल्यो।

एक किसिमको जोश शरीरभरि भरियो। उमंगले शरीरमा एक किसिमको बल उर्जा पैदा भैरह्यो। मैले उसलाई थिचिरहेँ। उसैगरी मेरा औलाहरू उनका शरीरभरि सल्बलाए।

मेरा ओठहरू उनका प्रत्येक शरीरका अंगअंगहरू छुँदै ओठसम्म पुग्न थाले।

उनले विस्तारै भनिन्।

‘एक मिनेट प्लिज बाथरूम गएर आउँछु अनि। प्लिज एक मिनेट प्लिज छोड त।’

उनले प्रार्थना नै गरिन्। अनि उठेर ट्वाइलेट गइन् ।

ट्वाइलेटको ढोका जोडले लगाई। आफ्ना कपडाहरू मिलाई। ऐनामा हेरी, दुवै ओठको लिपिष्टिकलाई ओठ बिगारेर च्यापी अनि रूमको ढोका बन्द गरेर बाहिर निक्ली। रूमको झ्याल हल्का खुला थियो। मैले उसको आवाज सुने।

‘ट्याक्सी’

उनी उठेर ढोका जोडले लगाइन्। शरीरमा आएको मेरो ऊर्जा एकैपटक सेलायो। मेरो मस्तिष्क शून्यमा परिणत भयो। म उनीसँगै जाने निर्णय लिइनँ र उसैगरी उत्तानेपरी बेडमा पल्टिरहेँ।

म धेरैबेर बेडमा पल्टिरहेँ। उनले ट्याक्सी बोलाएको। ट्याक्सी आएको। ट्याक्सी रोकेको। जाने ठाउँ भनेको। सबै सुनिरहेँ।

थाहा छैन म अब कसको आवाज सुन्नका प्रतीक्षा गरेर यो बेडमा पल्टिरहेको छु? थाहा छैन।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १३:४३
सिफारिस
रूकुम पश्चिममा होला राजनीतिक गुरू-चेलाबीच भिडन्त?
रूकुम पश्चिममा होला राजनीतिक गुरू-चेलाबीच भिडन्त?
६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट बाहिरिने अमेरिकाको निर्णय, ट्रम्पले गरे हस्ताक्षर
६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट बाहिरिने अमेरिकाको निर्णय, ट्रम्पले गरे हस्ताक्षर
कति तोडियो रूग्ण योजना, कति तोडिँदैछ?
कति तोडियो रूग्ण योजना, कति तोडिँदैछ?
बढ्न थाल्यो यी २ वाणिज्य बैंकको सेयर कारोबार
बढ्न थाल्यो यी २ वाणिज्य बैंकको सेयर कारोबार
दयाहाङ राई र प्रकाश सपूतबीच संगत, सिनेमा र राजनीतिका कुरा (भिडिओ)
दयाहाङ राई र प्रकाश सपूतबीच संगत, सिनेमा र राजनीतिका कुरा (भिडिओ)
पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?
पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी कहिले आउँछौ?
समयको ऐना!
मान्छेले गर्न नसकेको काम गर्नू!
विचार बिक्न छाडेको समाज!
उत्साहहीन विवाह!
हाम्रा घरमा किन कोही आउँदैनन् अचेल?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

शोभा शर्मा
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ' शोभा शर्मा
चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

रामदत्त जोशी
उपहार दिएर हराएकी उनी! रामदत्त जोशी
National life inner
National life inner
शोबिका गैरे
‘तँ र तेरो जागिर!’ शोबिका गैरे
सबिना पराजुली
सम्बन्धहरू... सबिना पराजुली
विदुर दाहाल
घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे! विदुर दाहाल

साहित्यपाटी

सुशील लामा
तिमी कहिले आउँछौ? सुशील लामा
Hardik
Hardik
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
समयको ऐना! ध्रुवचन्द्र दवाडी 'मनस्वी'
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
मान्छेले गर्न नसकेको काम गर्नू! ढाकामोहन बराल
नरेन्द्रबहादुर बुढा
विचार बिक्न छाडेको समाज! नरेन्द्रबहादुर बुढा

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP