एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई वर्षको ट्रेलब्लेज़र खेलाडी घोषित गरिएको छ।
पेरिस पारा ओलम्पिकमा कास्य विजेता पलेशालाई पोखरामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
यस्तै क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले वर्षको उत्कृष्ट पुरुष खेलाडी र कराते खेलाडी ऐरिका गुरुङले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेका छन्।
यी तीन विधासहित विभिन्न ११ विधामा नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड दिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित भएपछि मञ्चले बुधबार पोखरामा अवार्ड सम्पन्न गरेको हो।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयरमा अवार्ड दिइएको हो।
वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिएको छ। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको छ।
क-कसले जिते पुरस्कार ?
पलेशा गोबर्धन (पारा तेक्वान्दो) – वर्षको ट्रेलब्लेज़र खेलाडी (मार्गदर्शक)
दीपेन्द्रसिंह ऐरी (क्रिकेट) – वर्षको उत्कृष्ट खेलाडी पुरुष
एरिका गुरुङ (कराते) – वर्षको उत्कृष्ट खेलाडी महिला
खड्ग रानाभाट – लाइभ टाइम अचिभमेन्ट अवार्ड
हिमाल सुनारी (भलिबल) – पिपल्स च्वाइज अवार्ड
कविराज नेगी लामा (पारा तेक्वान्दो) – वर्षको उत्कृष्ट प्रशिक्षक
प्रभा आङदेम्बे (पारा एथलेटिक्स) – वर्षको उत्कृष्ट पारा खेलाडी
मोहमद हसन उलाखान (बंगलादेश) – वर्षको उत्कृष्ट एसियन स्पोर्ट्स जर्नालिस्ट
तुलसी गुरुङ (तेक्वान्दो) – स्पेशल अवार्ड
पूजा महतो (क्रिकेट) – वर्षको उत्कृष्ट युवा खेलाडी
खो खो टोली (महिला/पुरुष)– वर्षको उत्कृष्ट टोली