Ncell
Setopati
x
Deepal
Setopati
x
Deepal
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, फागुन २४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कठै! कपुरी 'क'

Nmb
Nmb
देवेन्द्र बागलुङे `कान्छा`

देवेन्द्र बागलुङे `कान्छा`

वैशाख २१
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

एकदिन नातिले 
कखरा लेख्दै थियो
हजुरबाका आँखा नातिले लेखेको 
घ्यूकमिले कपुरी 'क' मा परे।

'बाबु, हाम्रा पालाँ त 
कति खाइलाग्दो हुन्थ्यो
यो कपुरी क
दुस्मनसँग कति जाइलाग्दो हुन्थ्यो
यो कपुरी क 
कति हृष्टपुष्ट थियो     
कति तन्दुरुस्त थियो
यो कपुरी क
हेर अचेल
सुकेनासले खाएजस्तै भएछ
कमलपित्त लाएजस्तै भएछ
ऊ बेला कहिल्यै झुकेन बाबु 
यसरी त कहिल्यै सुकेन बाबु 
यो कपुरी 'क'।

हो, हजुरबा आजकल,
कपुरी 'क' का पोषक तत्वहरु
नव-पोषित शोषकहरुले सोसिदिँदा
नव-आगन्तुकहरुले खुराक सबै खोसिदिँदा
'कपुरी क' को सिकुवामा
एबिसिडीहरुको भेल पसिदिँदा 
तिमीहरु त हाम्रै हौ भनी 
मझेरी कब्जा गरी बसिदिँदा
उसको निन्द्रा हराम छ हजुरबा 
उभिएको अस्थिपञ्जरमा पनि 
अन्तैको कसिलो लगाम छ हजुरबा।

हजुरबा आजकल
'कपुरी क' ले
हजुरले सम्याएका चाक्ला ब्याडहरुमा 
डायमोनियम फस्फेटसँगै
ठूल्दाइले एबिसिडीहरुको बिउ छरिरहेको देख्छ
मादल, मुर्चुङ्गा र खैंजडीहरुमा 
ड्रमसेटको धुन भरिरहेको देख्छ।

जता मल्को उतै ढल्क्यो 
र त पिर छ हजुरबा
बुढी मरिन् भन्दापनि काल पल्क्यो 
र त पिर छ हजुरबा!
हजुरबा,
आजकल त 'कपुरी क' ले पनि
हिप्पीहरुकै गीत गुन्गुनाएको पाउँछु
लाहुरेहरुकै बखान सुनाएको पाउँछु।

Premier
Premier

हजुरबा,
भरोसाको ग्रेटवाल चढेर हेर्दा
अन्ध गल्छीमा गढेर हेर्दा 
आजकल कखराहरु
'कपुरी क' लाई बोकेर
थाग्ने बगरमा बौरेठा बनी 
हुत्याइएको देख्दा मन खिन्न हुन्छ 
धुम-धुममा राष्ट्रभक्ति 
उडाइरहेको देख्दा झन् खन्न हुन्छ 
तैपनि यहाँ, 
यस्तो भयो भनेर कहाँ भन्न हुन्छ हजुरबा?

Ncell

Ncell

हजुरबा,
'कपुरी क'हरु पनि आजकल 
लिपुलेकको बलियो ईंजार चुँडालेर
हिमालको सफेद दौरा-सुरुवाल फुकालेर
मिनिस्कर्ट लगाएर
सीमापारि भाग्लान् कि भन्ने पिर छ हजुरबा
देश खोज्दै उतै लाग्लान् कि भन्ने पिर छ हजुरबा।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:४३
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP