एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।
मुस्कुराउन मानिसहरू
भेट्दा खेरि एकअर्कालाई
पराइ नै भए पनि
आफन्तको आभास होस्।
एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।
फूलहरू लहलहाउन्
काँडाले घोच्ने डर नहोस्
को भेटियो को छुट्टियो
त्यसको कुनै हिसाब नहोस्।
एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।
न त जाडो न त गर्मी
मौसम पनि ठिक्क होस्
गाउन् गीत चराहरूले
मन सधैं प्रफुल्लित रहोस्।
एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।
हरदिन लागोस् उत्सवसरी
दुःख सुख जे सुकै होस्
अल्मलिँदा कहीँ कतै
मनको ज्योति बाटो बनोस्।
एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।
बितोस् जीवन यसरी कि
बितेको पनि पत्तो नहोस्
अजरअमर को नै छ र?
जीवन केवल जीवन बनोस्।
एउटा यस्तो यात्रा होस्
जहाँ तिम्रो पनि साथ होस्।