तपाईंको घर वा कार्यालयमा प्रयोग भइरहेका तार, केबल लगायत बिजुलीका सामान कत्तिको सुरक्षित छन्? गुणस्तरीय छन् कि छैनन्?
बिजुलीका सामान गुणस्तरीय नहुँदा दुर्घटना निम्तिन सक्छ। कमसल, पुराना वा बिग्रिएका सामानले आगलागीको सम्भावना बढाउँछ। त्यसैले घर होस् वा कुनै पनि ठाउँमा, यस्ता सामान छान्दा ध्यान दिनुपर्ने लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालका उपाध्यक्ष सरोज मिश्रा बताउँछन्।
'तार र केबल गुणस्तरीय प्रयोग गर्नुपर्छ। यसो गरे अप्रिय घटना रोकथाम हुनुका साथै बिजुली पनि बचत हुन्छ,' मिश्राले भने।
लिट्मसले विगत ४६ वर्षदेखि बिजुलीका तार-केबल उत्पादन गर्दै आएको छ। घर तथा उद्योगमा प्रयोग हुने तार 'लिट्मस केबल' ब्रान्डमा र ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल तार 'लोटस' ब्रान्डमा बजार पुगिरहेका छन्।
मिश्राका अनसार लिट्मसले नेपाल र भारतीय सरकारले तोकेको मापदण्डअनुसार उत्पादन गर्छ।
'भारतीय मापदण्ड लिने पहिलो नेपाली कम्पनी हो लिट्मस,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%289%29.jpg)
लिट्मस २०३३ सालमा खुलेको हो। त्यो बेला यो लुम्बिनी विद्युत उद्योग नाममा दर्ता थियो। पोहोर मात्रै कम्पनीको 'रिब्रान्डिङ' भयो। स्थापनाको ४५ वर्षपछि लुम्बिनी विद्युत उद्योग लिट्मस इन्डस्ट्रिज लिमिटेडका रूपमा चल्न थालेको हो।
'ब्रान्ड र कम्पनीको नाम एउटै राख्ने सोचसँगै पोहोर साउनदेखि रिब्रान्डिङ गर्यौं,' मिश्राले भने, 'लिमिटेडमा ल्याउनुको अर्को कारण भविष्यमा आइपिओ निष्कासन गर्न पनि हो। छिट्टै आइपिओ निष्कासन गर्नेछौं।'
हाल लिट्मसका उत्पादन एक दर्जनभन्दा धेरै क्षेत्रमा प्रयोग भइरहेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, शिवम् सिमेन्ट, जगदम्बा सिमेन्ट, बुटवल पावर कम्पनी लिमिटेड, एमएडब्लु इञ्जिनियरिङ प्रालि लगायत कम्पनी लिट्मसका ग्राहक भएको उनले जानकारी दिए।
लिट्मसका देशभर सातै प्रदेशमा गरी दुई हजारभन्दा धेरै पसल छन्। थप १३० ठाउँबाट यसका सामान बिक्री-वितरण हुन्छ। कम्पनीले हाल पाँच सयभन्दा धेरैलाई रोजगारी दिएको छ।
कम्पनीले अहिले जर्मन प्रविधिमा आधारित भएर तार-केबल उत्पादन गरिरहेको उपाध्यक्ष मिश्राले बताए। उद्योगमा भएका मेसिन चलाउन मान्छे नै सधैं उपस्थित हुन आवश्यक छैन। ६० प्रतिशत काम स्वचालित मेसिनबाट हुन्छ। कच्चा सामग्रीहरू विभिन्न देशका नाम चलेका कम्पनी; भेदान्ता लिमिटेड, हिडाल्को, युनियन कपर, केएलजी ग्रुप, बिहानी ग्रुप, बोरूग, केकल्पना, फुजाइरा गोल्ड र हुलास वायर्सबाट किन्दै आएको छ।
लिट्मसले इनामेल विन्डिङ वायर उत्पादन थालेको तीन दशक भयो। उत्पादन थालेको दुई वर्षपछि नै कम्पनीले यो तार भारतमा निर्यात गरेको थियो। तर विभिन्न कारण हाल निर्यात रोकिएको मिश्राले बताए।
सन् २००५ मा लिट्मसले नेपाल सरकारबाट आफ्नो उत्पादनको गुणस्तर प्रमाणित गर्यो। यसको एक वर्षपछि पावर केबल र सन् २००८ देखि एरियल बन्च्ड केबल (एबिसी) उत्पादन सुरू भयो। सन् २०१० मा पुनः नेपाल गुणस्तरको प्रमाण पायो। यसको पाँच वर्षपछि कम्पनीका उत्पादनलाई भारत गुणस्तर प्रमाणित (आइएसओ ९००१:२०१५) पनि प्राप्त भएको उनले जानकारी दिए।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%285%29.jpg)
रमेश कर्पको लगानी रहेको लिट्मसले सन् २०१४ देखि बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट उत्पादन गर्दै आएको छ। प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टरका साथै औद्योगिक, व्यावसायिक, घरायसी प्रयोजनका र ट्रान्सफर्मर तथा विद्युतीय उपकरणमा प्रयोग हुने तार-केबलहरू कम्पनीका उत्पादन हुन्। यसले पेपर इन्सुलेटर स्ट्रिप्स पनि उत्पादन गर्छ।
उपाध्यक्ष मिश्राका अनुसार ट्रान्सफर्मरका लागि चाहिने ५० प्रतिशत सामग्री लिट्मसबाट उत्पादन भइरहेको छ। त्यस्तै नेपाल इकरात इञ्जिनियरिङ कम्पनी (निक) सँगको सहकार्यमा नेपाल विद्युत प्राधिकरणका लागि १० हजार वटाभन्दा बढी ट्रान्सफर्मर पनि बनाउँदैछ। सात हजार ट्रान्सफर्मरको काम सकिइसक्यो।
लिट्मससँग वार्षिक २५ लाख कोइल घरायसी प्रयोजनको तार-केबल बनाउने क्षमता रहेको मिश्रा बताउँछन्। एक कोइलमा ९० मिटर तार हुन्छ। त्यस्तै ६७ हजार किलोमिटरभन्दा धेरै एसिएसआर कन्डक्टर, करिब ३० हजार किलोमिटर एबिसी, २० हजार किलोमिटर एक्सएलपिई कभर्ड कन्डक्टर, ४५ हजार किलोमिटर पावर केबल र १४ हजार मेगाटन इनामेल वायर र स्ट्रिप्स उत्पादन गर्ने क्षमता छ।
तर नेपाली बजारमा तार-केबलको खपत कम भएकाले मासिक २० देखि २५ हजार कोइल मात्रै बिक्री भइरहेको उनले बताए।
'माग कम भएकै कारण हामीले क्षमताअनुसार उत्पादन गरेका छैनौं,' मिश्राले भने, 'बजारमा धेरै आयातित र कमसल तार पाइन्छ। त्यस्तै यहाँका थुप्रै परियोजनामा भारतीय तार प्रयोग भइरहेको छ। यी कारणले नेपाली उत्पादनलाई बजार पुग्न मुश्किल भइरहेको हो।'
नेपाल गुणस्तर तथा नापतौल विभागबाट ने.गु.३४४ लिएर मात्र घरायसी केबल तथा तार उत्पादन र बिक्री-वितरण गर्नुपर्ने कानुन छ। तर थुप्रै कम्पनीले मापदण्ड विपरीतका उत्पादन सस्तोमा बेचिरहेको मिश्राको भनाइ छ। सम्बन्धित निकायले आवश्यक ध्यान दिएर आवश्यक कारबाही गर्नुपर्ने उनी बताउँछन्।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%284%29.JPG)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%2814%29.jpg)
'हाम्रो लक्ष्य आयातित र गुणस्तरहीन तार-केबल र कन्डक्टर प्रतिस्थापन गर्नु हो,' उनले भने, 'यसनिम्ति हामी लागि परेका छौं।'
बजार विस्तारका लागि लिट्मसले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दैछ। दुई बिघामा फैलिएको बुटवलको प्लान्ट मात्र पर्याप्त नभएकाले परासीमा १५ बिघामा नयाँ प्लान्ट सञ्चालनको तयारी हुँदैछ। परासीको प्लान्टमा चार अर्ब रूपैयाँ लगानी गर्ने योजना रहेको उनले जानकारी दिए।
'यहाँ हाइटेन्सन र एचटी केबल उत्पादन हुनेछ,' कम्पनीका उपाध्यक्ष मिश्रा भन्छन्, 'नेपालमा हाल उत्पादन हुन नसकेका केबल परासीको प्लान्टबाट गर्नेछौं।'
यसबाहेक उपभोक्तालाई सहज बनाउन कम्पनीले 'लिट्मस साथी मोबाइल एप' ल्याउने र हटलाइन सेवा सुरू गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र एफएमइजी (फास्ट मुभिङ इलेक्ट्रिकल गुड्स) अन्तर्गत पर्ने स्विच, एमसिभी, लाइटनिङ, पंखा, इन्डक्सन चुलो लगायत उत्पादन गर्ने योजना पनि छ।
'हामी कम्पनीका उत्पादनहरू विस्तार गर्दै लानेछौं,' मिश्राले भने।
लिट्मसले हाल निर्यात नगरे पनि भुटान, बंगलादेश र भारतलाई आफ्नो सम्भावित बजार ठानेको छ। यी देशहरू यसबारे सकारात्मक रहेको पनि उपाध्यक्ष मिश्राले जानकारी दिए।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/NewFolder/litmus%20%282%29.JPG)